विराटनगर ।सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरले बगाएर मोरङमा एकजना वृद्धको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–७ का ७० वर्षीय साजुलाल चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार चौधरीलाई नुहाउने क्रममा सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरले शनिबार दिउँसो ३ः३० बजेतिर बगाएको थियो । नहरले बगाएर बेपत्ता भएका वृद्धलाई घटनास्थलबाट सय मिटरजति तल मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार नुहाउने क्रममा चौधरीलाई नहरले बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खोजतलास गर्ने क्रममा पूर्वतर्फ सय मिटरजति तल नहरको साइडमा शव फेला परेको बस्नेतले बताए । घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)