दुवै हात नभएका गणेश प्रधानमन्त्रीको सचिवालयमा

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । दुवै हात नभएका कर्मचारी गणेश राईलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयमा राखेका छन् । यसअघि तीन पटक ओली प्रधानमन्त्री हुँदा खोटाङ काउलेका राई ओलीको सचिवालयमा थिए ।

चौथो पटक प्रधानमन्त्री पदको शपथग्रहण गरेर सिंहदरबार जाँदा राईलाई नभेटिएपछि ओलीले खोजी गरेर आफ्नो सचिवालयमा ल्याएका हुन् ।

पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा राईलाई भेटेपछि आफ्नो सचिवालयमा राखेको ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

‘खोटाङ काउलेका गणेश राईलाई मैले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा भेटेको थिएँ। दुवै हातको कुहिनो भन्दा तलको भाग नभए पनि उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो। त्यसबेला कम्प्युटर अपरेटरका रूपमा उनको जागिर शुरू भयो। । दोस्रो पटक प्रधानमन्त्री हुँदा गणेश फेरि आए र करारमा काम गरे,’ प्रधानमन्त्री ओलीले भनेका छन्,‘यस पटक प्रधानमन्त्री पदको सपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि मैले उनलाई खोजें। अहिले उनलाई बोलाएर सचिवालयकै सदस्यका रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ। अब गणेश मसँगै काम गर्ने भएका छन् ।’

प्रकाशित मिति: आइतबार, १३ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.