विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार छाडेको छ । १७ असारमा केन्द्रमा कांग्रेस एमालेबीच नयाँ समीकरण बनेपनि प्रदेश सरकारमा बसिरहेको माओवादी केन्द्रले शुक्रबार सरकार छाडेको हो ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई अफ्ठ्यारो भएको बताएपछि आज राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्रीको आग्रहमा केन्द्रमा समीकरण फेरिएपनि प्रदेश सरकामा बसेको बताउँदै माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री कै आग्रहमा सरकार छाडेको बताए ।
‘केन्द्रमा नयाँ समीकरण बनेपनि प्रदेशमा सहमतिको सरकार बनाउने उहाँको प्रयास थियो, त्यहीँ भएर हामी बस्यौं,’ उनले भने,‘ सहमतिको सरकार बनाउने प्रयास सफल नभएपछि बाहिरियौं ।’
माओवादीले बनाएको मुख्यमन्त्री भएका कारण मुख्यमन्त्रीले चाहेसम्म सरकारमा बसेको उनको भनाई छ । सरकार छाड्नुअघि पत्रकार सम्मेलन गर्दै उनले मुख्यमन्त्रीले सहमतिको सरकार बनाउन नसक्ने बताएपछि सरकार छाडेको जानकारी दिए ।
समर्थन फिर्ताको विषयमा भने संसद सुरु भएपछि निर्णय गर्ने उनले बताए । ‘ दल र सांसद दुवैले समर्थन दिएको छौं,’ उनले भने,‘ सांसदहरु अहिले जिल्लामा हुनुहुन्छ, प्रदेशसभा बैठक सुरु भएपछि समर्थन फिर्ता लिन्छौं ।’ सरकार छाडेपनि प्रतिपक्षमा बसेर जनताको आवाज बोल्ने उनले बताए ।
प्रदेश सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झाँगड वन पर्यटन तथा वातावरण राज्यमन्त्री बनेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,360)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,113)