माओवादी केन्द्रले छाड्यो कोशी सरकार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार छाडेको छ । १७ असारमा केन्द्रमा  कांग्रेस एमालेबीच नयाँ समीकरण बनेपनि प्रदेश सरकारमा बसिरहेको माओवादी केन्द्रले शुक्रबार सरकार छाडेको हो ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई अफ्ठ्यारो भएको बताएपछि आज राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्रीको आग्रहमा केन्द्रमा समीकरण फेरिएपनि प्रदेश सरकामा बसेको बताउँदै माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री कै आग्रहमा सरकार छाडेको बताए ।

‘केन्द्रमा नयाँ समीकरण बनेपनि प्रदेशमा सहमतिको सरकार बनाउने उहाँको प्रयास थियो, त्यहीँ भएर हामी बस्यौं,’ उनले भने,‘ सहमतिको सरकार बनाउने प्रयास सफल नभएपछि बाहिरियौं ।’

माओवादीले बनाएको मुख्यमन्त्री भएका कारण मुख्यमन्त्रीले चाहेसम्म सरकारमा बसेको उनको भनाई छ । सरकार छाड्नुअघि पत्रकार सम्मेलन गर्दै उनले मुख्यमन्त्रीले सहमतिको सरकार बनाउन नसक्ने बताएपछि सरकार छाडेको जानकारी दिए ।

समर्थन फिर्ताको विषयमा भने संसद सुरु भएपछि निर्णय गर्ने उनले बताए । ‘ दल र सांसद दुवैले समर्थन दिएको छौं,’ उनले भने,‘ सांसदहरु अहिले जिल्लामा हुनुहुन्छ, प्रदेशसभा बैठक सुरु भएपछि समर्थन फिर्ता लिन्छौं ।’ सरकार छाडेपनि प्रतिपक्षमा बसेर जनताको आवाज बोल्ने उनले बताए ।

प्रदेश सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झाँगड वन पर्यटन तथा वातावरण राज्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: शुक्रबार, ११ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.