रिटिङ रिटिङ नबजाउ बिनायोका गायक जोशीको निधन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’,ओल्लो खोलो पल्लो खोलोलगायत बोलको गीतका गायक जोशीको बिहीवार झापाको दमकस्थित घरमा निधन भएको हो ।

दमकस्थित घरबाट अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

२०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा काम गरेका थिए ।

‘रिटिङ रिटिङ‘ उनको सबैभन्दा हिट गीत हो । ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’ गीत पनि चर्चित छ ।

प्रकाशित मिति: शुक्रबार, ११ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.