विराटनगर । गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।
लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’,ओल्लो खोलो पल्लो खोलोलगायत बोलको गीतका गायक जोशीको बिहीवार झापाको दमकस्थित घरमा निधन भएको हो ।
दमकस्थित घरबाट अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।
२०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा काम गरेका थिए ।
‘रिटिङ रिटिङ‘ उनको सबैभन्दा हिट गीत हो । ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’ गीत पनि चर्चित छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,360)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,113)