कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

Satya Sanchar सत्य सञ्चार

विराटनगर । माओवादी केन्द्रले काेशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । केन्द्रीय सत्तासमीकरण फेरिएपनि नेकपा एमाले नेतृत्वको प्रदेश सरकार माओवादी केन्द्रले छाडेकाे थिएन् ।  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सञ्चालन गर्न गाह्रो भएको बताएपछि माओवादी केन्द्रले बाहिरिने निर्णय गरेकाे हाे ।

माओवादी केन्द्रका मन्त्रीहरुले आजै राजीनामा बुझाउदैछन् । आज मन्त्रीहरुले राजीनामा बुझाउने माओवादी केन्द्र संसदटीय दलका नेता इन्द्रबहादुर आङ्बाेले बताए ।

माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा पत्र पनि तयार गरेका छन् ।  ‘हामी आज सरकार छाड्छौं,’ भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेतीले भने,‘ केन्द्रकाे समीकरण अनुसार अघि बढ्नु पर्ने अवस्था आयाे ।’

कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट उप्रेतीसँगै राजेन्द्र कार्की स्वास्थ्य र नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छन् ।

सरकारबाट बाहिरिने निर्णयमा पुगेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई संकल्प प्रस्ताव मार्फत पदमुक्त गर्दै हिक्मतकुमार कार्की सोही उपधारा अनुसार २७  बैशाख २०८१ मा मुख्यमन्त्री बनेका थिए ।

नयाँ सरकार गठन विरुद्ध केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले हिक्मतकुमार कार्कीको पक्षमा फैसला गरेपनि पूर्णपाठ आएको छैन । पूर्णपाठ नआएसम्म माओवादी केन्द्रले समर्थन फिर्ता नगरोस भन्ने मुख्यमन्त्री कार्कीकाे चाहाना छ । तर सरकारबाट फिर्ता भएपछि समर्थन पनि फिर्ता हुने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

प्रकाशित मिति: शुक्रबार, ११ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.