मुख्यसचिव बन्ने पहिलाे महिला लीलादेवी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गड्तौला नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन् ।

५८ वर्ष उमेर हदका कारण उनी १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानेछिन् ।

गडतौलालाई ३१ असारमा बसेकाे मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । त्यसअघि ९ असारमा उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका मुख्यसचिव वैकुण्ठ अर्याललाई भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेपछि गड्तौलाले कायममुकायम मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् ।

प्रकाशित मिति: बिहिबार, १० साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.