विराटनगर । अमेरिकी दुताबासलाई पठाएको पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी उपसभामुख इन्दिरा रानाले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने काम नगरेको दाबी गरेका छन् ।
करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि सार्वजनिक गरेर विवादित गराउन खोज्नु नियोजित भएको उनको दाबी छ ।
उपसभामुख भएको एक महिनापछि गैरसरकारी संस्थाको कार्यक्रममा सहभाििग हुन अमेरिका गएकी उपसभामुख रानामाथि अनधिकृत व्यक्तिहरू लैजान खोजेको आरोप छ ।
उनले आफूसँगै पाँच जना कार्यक्रममा जाने लागेको भन्दै उनले भिसाका लागि काठमाडौंस्थित अमेरिकी दूतावासले लिने अन्तर्वार्ताको मिति सारिदिन पत्र लेखेकी थिइन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले आफूले कार्यक्रममा सहभागी हुन निमन्त्रण आएकाहरूलाई अन्तर्वार्ताको मिति लिइदिन पत्र लेखेको स्वीकार गरेकी छन् ।
तर आफूले भिसाका लागि अनुरोध नगरेको भन्दै उनले भनेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वतः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन, होइन ।’
आफूलाई माया र सद्भाव राखेर सचेत गराउन खोज्नेहरूप्रति कृतज्ञता व्यक्त गर्दै उपसभामुख रानाले भनेकी छन्, ‘तर मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ ।’

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,360)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,113)