दूतावासलाई पत्र पठाएको विवाद बारे उपसभामुख : भिसाका लागि अनुरोध गरेको होइन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अमेरिकी दुताबासलाई पठाएको पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी उपसभामुख इन्दिरा रानाले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने काम नगरेको दाबी गरेका छन् ।

करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि सार्वजनिक गरेर विवादित गराउन खोज्नु नियोजित भएको उनको दाबी छ ।

उपसभामुख भएको एक महिनापछि गैरसरकारी संस्थाको कार्यक्रममा सहभाििग हुन अमेरिका गएकी उपसभामुख रानामाथि अनधिकृत व्यक्तिहरू लैजान खोजेको आरोप छ ।

उनले आफूसँगै पाँच जना कार्यक्रममा जाने लागेको भन्दै उनले भिसाका लागि काठमाडौंस्थित अमेरिकी दूतावासले लिने अन्तर्वार्ताको मिति सारिदिन पत्र लेखेकी थिइन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले आफूले कार्यक्रममा सहभागी हुन निमन्त्रण आएकाहरूलाई अन्तर्वार्ताको मिति लिइदिन पत्र लेखेको स्वीकार गरेकी छन् ।

तर आफूले भिसाका लागि अनुरोध नगरेको भन्दै उनले भनेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वतः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन, होइन ।’

आफूलाई माया र सद्भाव राखेर सचेत गराउन खोज्नेहरूप्रति कृतज्ञता व्यक्त गर्दै उपसभामुख रानाले भनेकी छन्, ‘तर मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ ।’

प्रकाशित मिति: शुक्रबार, ०४ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.