विराटनगरमा मापसे चेकिङ छलेर भागेका चालककाे साथबाट गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा मापसे (मादक पदार्थ सेवन) चेकिङ छलेर फुत्किएका मोटरसाइकल चालकको साथबाट गाँजा बरामद भएको छ ।

विराटनगर महानगरपालिका–९ शनिमन्दिरमा ट्राफिक प्रहरीले बिहीबार राति सवारीसाधन चेकजाँच गरिरहेको थियो ।

सवारीसाधनका चालकको मापसे चेकजाँच गरिरहेको ट्राफिकको टोलीले राति ८ः२० बजेतिर प्रदेश १–०२–०४७ प ४४६५ नम्बरको मोटरसाइकललाई रोक्न खोज्यो । तर, नरोकिकन मोटरसाइकल लिएर चालक भाग्न खोजे । मोरङ प्रहरीका निमित्त प्रवक्ता, इन्सपेक्टर हेमराज ओलीका अनुसार भाग्ने क्रममा उक्त मोटरसाइकलले पार्किङ गरेर राखिएको अर्को को २० प ८६६८ नम्बरको मोटरसाइकललाई ठक्करसमेत दिएको थियो ।

ठक्करबाट मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ । त्यसलगत्तै प्रदेश १–०२–०४७ प ४४६५ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भए ।

पिछा गर्दै गएको ट्राफिक प्रहरीले केही पर पुगेपछि चालक धनकुटाको सहिदभूमि गाउँपालिका–७ का अन्दाजी ३८ वर्षीय जीवन राईलाई नियन्त्रणमा लिएको इन्सपेक्टर ओलीले बताए । उनका अनुसार राईले बोकेको झोला खानतलासी गर्दा १९ किलोग्राम गाँजा बरामद भएको छ ।

पक्राउ परेका राईसहित नियन्त्रणमा लिइएको मोटरसाइकल र गाँजालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ परेका राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने ओलीले बताए ।

प्रकाशित मिति: शुक्रबार, ०४ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.