उच्च अदालत विराटनगरबाट तीन हजार मुद्दा फर्छ्योट

Satya Sanchar सत्य सञ्चार

विराटनगर । उच्च अदालत विराटनगरले गत आर्थिक वर्ष २०८०–८१ मा ३ हजार २ सय ५४ वटा मुद्दा फर्छ्योट गरेको छ । उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार ४३ दशमलव ७५ प्रतिशत मुद्दा फर्छ्योट भएको हाे ।

अदालतले पन्चवर्षे योजना अनुसार काम गरिरहेको छ । उच्च अदालत विराटनगरमा पछिल्लो पाँच बर्षमा २६ हजार ३० वटा मुद्दा दर्ता भएका थिए । जसमा १४ हजार १ सय २ वटा मुद्दा फर्छ्योट भएको छ । पाँच बर्षमा कुल ४५ दशमलव ८२ प्रतिशत मुद्दामात्रै फर्छ्योट भएको अदालतले जनाएको छ ।

२०८० साउनदेखि २०८१ असार मसान्तसम्मको लगत अनुसार उच्च अदालतमा लक्ष्यभन्दा १ हजार ४ सय ७१ वटा मुद्दा बढी दर्ता भएको थियाे । ३ हजार ४ सय २२ वटा नयाँ मुद्दा दर्ता हुने अनुमान गरिए पनि नयाँ दर्ता मुद्दाको संख्या ४ हजार ८ सय ९३ पुगेको रजिष्ट्रार भट्टले जानकारी दिए ।

तल्लो अदालतबाट भएको आदेशमा चित्त नबुझी निवेदन वा प्रतिवेदनमार्फत गत आवमा जिम्मेवारी सरेका १९६ र नयाँ दर्ता निवेदन प्रतिवेदन १ हजार ४३ गरी जम्मा १ हजार २३९ वटा निवेदन दर्ता भएका थिए । जसमध्ये १ हजार १६३ वटा फर्छ्योट भएको छ । गत आव २०८०–८१ मा सवैभन्दा बढी सरकारवादी फौजदारीतर्फ ३ हजार ९३ र दोस्रोमा व्यक्तिवादी देवानी २ हजार १७४ वटा मुद्दा दर्ता भएका थिए ।

प्रकाशित मिति: बिहिबार, ०३ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.