उच्च अदालत विराटनगरबाट तीन हजार मुद्दा फर्छ्योट

Satya Sanchar सत्य सञ्चार

विराटनगर । उच्च अदालत विराटनगरले गत आर्थिक वर्ष २०८०–८१ मा ३ हजार २ सय ५४ वटा मुद्दा फर्छ्योट गरेको छ । उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार ४३ दशमलव ७५ प्रतिशत मुद्दा फर्छ्योट भएको हाे ।

अदालतले पन्चवर्षे योजना अनुसार काम गरिरहेको छ । उच्च अदालत विराटनगरमा पछिल्लो पाँच बर्षमा २६ हजार ३० वटा मुद्दा दर्ता भएका थिए । जसमा १४ हजार १ सय २ वटा मुद्दा फर्छ्योट भएको छ । पाँच बर्षमा कुल ४५ दशमलव ८२ प्रतिशत मुद्दामात्रै फर्छ्योट भएको अदालतले जनाएको छ ।

२०८० साउनदेखि २०८१ असार मसान्तसम्मको लगत अनुसार उच्च अदालतमा लक्ष्यभन्दा १ हजार ४ सय ७१ वटा मुद्दा बढी दर्ता भएको थियाे । ३ हजार ४ सय २२ वटा नयाँ मुद्दा दर्ता हुने अनुमान गरिए पनि नयाँ दर्ता मुद्दाको संख्या ४ हजार ८ सय ९३ पुगेको रजिष्ट्रार भट्टले जानकारी दिए ।

तल्लो अदालतबाट भएको आदेशमा चित्त नबुझी निवेदन वा प्रतिवेदनमार्फत गत आवमा जिम्मेवारी सरेका १९६ र नयाँ दर्ता निवेदन प्रतिवेदन १ हजार ४३ गरी जम्मा १ हजार २३९ वटा निवेदन दर्ता भएका थिए । जसमध्ये १ हजार १६३ वटा फर्छ्योट भएको छ । गत आव २०८०–८१ मा सवैभन्दा बढी सरकारवादी फौजदारीतर्फ ३ हजार ९३ र दोस्रोमा व्यक्तिवादी देवानी २ हजार १७४ वटा मुद्दा दर्ता भएका थिए ।

प्रकाशित मिति: बिहिबार, ०३ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.