विराटनगर । विराटनगर महानगरपालिका – १५ भट्टीमोडमा प्रहरीको गाडी दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
बुधबार साँझ इलाका प्रहरी कार्यालय रानीमा थप मद्दतका लागि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको थियो ।
घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो अस्पतालमा ५ जना, विराट टिचिङ अस्पतालमा २ जना र नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको छ । पाँच जना गम्भीर घाइते देखिएको भएपनि सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ ।
मुस्लिम सामुदायको ‘मोहरम’ पर्वको सुरक्षाको लागि मोरङ प्रहरीले थप मद्दत माग भएपछि प्रदेश प्रहरी तालिम केन्द्रबाट टोली परिचालन भएको थियो । भट्टीमोडको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा गाडी दुर्घटना भएको प्रारम्भीक जानकारी आएको प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिए । गाडीमा ५४ जना प्रहरी सवार थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)