आइतबार विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओली

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।

कांग्रेसकाे समर्थनमा ३० असारमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । नियुक्तीको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । तर  नियुक्तीको एक सातापछि  आइतबार ६ साउनमा  ओलीले विश्वासको मत लिने तयारी गरेका हुन् ।

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।

‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ, तर प्रधानमन्त्रीज्यूलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौं,’ बर्तौलाले भने, ‘आइतबार नै विश्वासको मत लिनेगरी हामी अघि बढ्छौं ।’ एमालेले आजै सत्तापक्षको मूख्य सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको थियो । उनले सत्तापक्ष दलको मुख्य सचेतकको भूमिका निर्वाह गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, ०२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.