विराटनगर । कोशी प्रदेश सरकारमा सहभागि नेकपा माओवादी केन्द्रले सरकार छाड्न आनाकानी गरेकाे छ ।
काङ्ग्रेस एमालेबीचमा नयाँ सत्ता समीकरण बनेपछि केन्द्रमा नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । कोशी प्रदेशमा भने माओवादी सरकारमा नै छ । माओवादी केन्द्रका तीन मन्त्री र एक राज्यमन्त्री नियमित कामकाजमा छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका मन्त्रीसँग मुख खोलेर राजीनामा मागेका छैनन् । माओवादी केन्द्रले पनि नैतिकता देखाएको छैन । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी माओवादीले सरकार छाड्नुपर्ने बताउँछन् ।
‘परिस्थिति बुझेर उहाँहरूले आफै निर्णय गरेको राम्रो हो,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने,‘ केन्द्रको समीकरण फेरिएका कारण सोही अनुसार उहाँहरु अगाडि बढ्नुपर्छ ।’
माओवादी केन्द्र भने अप्ठ्यारो परिस्थितिमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाएका कारण तत्काल सरकार छाड्ने पक्षमा छैन ।
माओवादी केन्द्रबाट भौतिक पूर्वाधार मन्त्री बनेका गणेश उप्रेती माओवादीले नै सहयोग गरेर बनाएको सरकार छाड्नुपर्ने कारण नरहेको बताउँछन् । ‘हामीले बनाएको सरकार हामीले किन छोड्नु, निकाले भैगो नि,’ उनले भने,‘ मुख्यमन्त्रीले राजीनामा माग्नु भएको छैन, निकालेको पनि छैन, उहाँले भन्दा मानेनाै भने आधा घण्टा भित्र बर्खास्त गर्ने संवैधानिक अधिकार छँदैछ ।’
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तत्काल सरकार छाड्ने पक्षमा नरहेको बताउँछन् । आइतबार मुख्यमन्त्रीसँग आङ्बोले छलफल गरेका थिए । मुख्यमन्त्री सकारात्मक रहेका कारण तत्काल सरकार छाड्ने पक्षमा नरहेको उनले बताए ।
‘हामी तत्काल सरकार छाडिहाल्ने पक्षमा छैनौ, मुख्यमन्त्रीले पनि अप्ठ्यारो मान्नु भएको छैन, ‘कोशी प्रदेशको अवस्था सामान्य होइन, संसद्को भविष्यसँग पनि जोडिएको कुरा हो ,’उनले भने,‘ सरकार गठन गर्दैगर्दा केन्द्रमा राजनीतिक परिवर्तन फेरिए पनि प्रदेशमा सहकार्य गरेर जानुपर्छ भन्ने अनौपचारिक समझदार छ ।’
पूर्णपाठको प्रतीक्षा
मुख्यमन्त्री हिक्मतकुमार कार्की सरकार विरुद्ध परेको मुद्दाको पूर्णपाठ पनि पर्खिरहेका छन् । केदार कार्कीले दायर गरेको मुद्दा जितेपनि पूर्णपाठ आइसकेको छैन ।
सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई सङ्कल्प प्रस्ताव मार्फत पदमुक्त गर्दै हिक्मतकुमार कार्की सोही उपधारा अनुसार २७ असोज २०८१ मा मुख्यमन्त्री बनेका थिए ।
नयाँ सरकार गठन विरुद्ध केदार कार्कीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले हिक्मतकुमार कार्कीको पक्षमा फैसला गर्याे, तर पूर्णपाठ आएको छैन । तत्काल माओवादी केन्द्रले सरकार छाडिहाले पूर्णपाठ आउँदा अप्ठ्यारो पर्ने हो कि भन्ने डर मुख्यमन्त्री कार्कीलाई छ । पूर्णपाठ नआएका कारण उनले माओवादीका मन्त्रीलाई चलाएका छैनन् ।
नेपाली काङ्ग्रेस संसदीय दलका नेता उद्धव थापा भने नेपाली काङ्ग्रेस सहभागी हुने बितीकै माओवादी केन्द्रले सरकार छाड्नुपर्ने बताउँछन् । कोशी प्रदेशमा अब एमाले र कांग्रेसको सरकार निर्माण गर्ने बताउँदै उनले माओवादी केन्द्र प्रतिपक्षमा बस्नुपर्ने बताए ।
‘संघमा सरकार गठनको काम सकियो अब प्रदेशमा भोलिबाट छलफल सुरु हुन्छ,’ उनले भने,‘ संघमा माओवादीले सरकार छाडेपछि प्रदेशमा रहने भन्ने हुँदैन, काङ्ग्रेसले टुङ्गो गरिनसकेका कारण माओवादी सरकारमा बसेको हो ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)