सुदूरपश्चिममा दोहोरियो कोशीकाे समस्या

Satya Sanchar सत्य सञ्चार

धनगढी । सुदूरपश्चिम प्रदेशमा ‘बजेट होलिडे’ को अवस्था आएको छ । सरकार फेरवदलको दौडधुपले गर्दा सरकारले खर्च गर्न नपाउने अवस्थामा आएको हो ।

गत वर्ष सत्ता परिवर्तनको खेलले कोशी प्रदेशमा बजेट होलिडे भएको थियो । नयाँ आर्थिक वर्ष २०८१–८२ को पहिलो दिनदेखि सुदूरपश्चिम प्रदेश ‘बजेट होलिडे’ भएको हो ।

संवैधानिक व्यवस्थाअनुसार १ असारमा ल्याइएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्छ । तर केन्द्रमा सत्तासमीकरण फेरिएपछि एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सभामा बजेट माथिको छलफलसमेत अघि बढ्न सकेन । संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि २० असारमा एमाले सुदूरपश्चिम सरकारबाट बाहिरिएको थियो ।

सोडारी नेतृत्वको सरकारमा आर्थिक मामिलामन्त्री रहेका एमालेका सुरेन्द्रबहादुर पालले १ असारमा आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड २८ लाख बराबरको बजेट ल्याएका थिए ।

मुख्यमन्त्रीका कारण ‘प्रदेश होलिडे’ मा गएकाले भन्दै एमालेले उनको राजीनामा माग गरेको छ । तर मुख्यमन्त्री सोडारीले भने अध्यादेशमार्फत भए पनि बजेट ल्याउने तयारी गरेका छन् । मुख्यमन्त्री सोडारीले प्रदेशलाई ‘बजेट होलिडे’को अवस्थामा रहन नदिन अध्यादेशमार्फत बजेट ल्याउने तयारी भइसकेको बताए ।

प्रकाशित मिति: मङ्गलबार, ०१ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.