भूकम्प प्रभावितको टहरामा गिजा खोलाको बाढी पस्दा तीन जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोटमा भूमकम्प प्रभावितका लागि बनाइएको अस्थायी संरचनामा बाढी पस्दा तीन जनाको मृत्यु भएको छ ।

भूकम्पपछि बनाइएको अस्थायी टहरामा स्थानीय गिजा खोलाको बाढी पस्दा तीन जना बालिकाको मृत्यु भएको हो । अन्य ७ जना घाइते भएका छन् ।

८ वर्षीय हितमाया पुन, ५ वर्षीय धनिसा पुन र ४ वर्षीय मनिषा सार्कीको मृत्यु भएको प्रहरीले बताएको छ । बाढीले टहरामा क्षति पुर्‍याउँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो ।

१२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार आठबिसकोट नगरपालिका–१२ झिमचौरमा खोलाको बाढीले स्थानीय शेरबहादुर पुनको अस्थायी टहरा बगाएको थियो । उनको घरमा ७ जना बसिरहेका थिए । ७ मध्ये तीनको मृत्यु भएको हो । पुनसहित स्थानीयको घर गत कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर क्षतिग्रस्त भएको थियो ।

आठबिसकोट नगरपालिकाका मेयर रवि केसीका अनुसार बिहान तीन बजेतिर माथिबाट आएको खोलाको बाढीले टहरामा क्षति पुर्याएको हो । शेरबहादुर पुनकोसहित ६ वटा अस्थायी टहराहरूमा क्षति पुगेको उनले बताए ।

काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोटमा भूमकम्प प्रभावितका लागि बनाइएको अस्थायी संरचना बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ । भूकम्पपछि बनाइएको अस्थायी टहरामा स्थानीय गिजा खोलाको बाढी पस्दा तीन जना बालिकाको मृत्यु भएको हो । अन्य ७ जना घाइते भएका छन् ।

८ वर्षीय हितमाया पुन, ५ वर्षीय धनिसा पुन र ४ वर्षीय मनिषा सार्कीको मृत्यु भएको प्रहरीले बताएको छ । बाढीले टहरामा क्षति पुर्‍याउँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो । १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार आठबिसकोट नगरपालिका–१२ झिमचौरमा खोलाको बाढीले स्थानीय शेरबहादुर पुनको अस्थायी टहरा बगाएको थियो । उनको घरमा ७ जना बसिरहेका थिए । ७ मध्ये तीनको मृत्यु भएको हो । पुनसहित स्थानीयको घर गत कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर क्षतिग्रस्त भएको थियो ।

आठबिसकोट नगरपालिकाका मेयर रवि केसीका अनुसार बिहान तीन बजेतिर माथिबाट आएको खोलाको बाढीले टहरामा क्षति पुर्याएको हो । शेरबहादुर पुनकोसहित ६ वटा अस्थायी टहराहरूमा क्षति पुगेको उनले बताए ।

प्रकाशित मिति: मङ्गलबार, ०१ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.