विराटनगर । साउनबाट नै विकास याेजना कार्यान्वयनमा लैजानका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिवसँग कार्य सम्पादन सम्झौता गरेका छन् ।
आर्थिक वर्ष २०८१–८२ को बिकास बजेटलाई साउनबाटै खर्च गर्नका लागि प्रमुख सचिव केदारनाथ शर्मासँग कार्य सम्पादन सम्झौता गरेका हुन् ।
नयाँ आर्थिक वर्ष सुरु नहुँदै प्रदेश सरकारका सबै मन्त्रीहरूलाई राखेर मुख्यमन्त्री कार्यालयका कार्कीले प्रमुख सचिव केदारनाथ शर्मासँग कार्य सम्पादन सम्झौता गरे, लगत्तै शर्माले मुख्यमन्त्री कार्यालयका सचिव बद्री कार्की र विष्णुप्रसाद पौडेलसँग कार्य सम्पादन सम्झौता गरे ।
मुख्यमन्त्री कार्कीले साउन १५ भित्र सबै मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्नका लागि निर्देशन दिएका छन् ।
१५ साउन भित्रै कार्य योजना बनाएर एक करोडभन्दा माथिको योजना कार्यान्वयनमा लैजान निर्देशन पनि दिएका छन् । आर्थिक वर्षको अन्तिममा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्न आर्थिक वर्ष नलाग्दै सम्झौता गरेको कार्कीले बताए । अब प्रदेश सरकारले साउनदेखि नै विकासे कार्यक्रम कार्यान्वयनमा लैजान उनले बताए ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम २५ दिनमा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार ४४१ रुपैयाँ खर्च गरेको थियो । चालु आर्थिक वर्षका लागि ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको सरकारले जम्मा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६ सय ४४ रुपैयाँ मात्रै खर्च गर्न सक्यो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)