काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ बहुमत देखाएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका ओलीले मन्त्रीपरिषद गठनमा साना दललाई समेट्दै आफ्नो पक्षमा दुई तिहाइ बहुमत जुटाएका हुन् ।
कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले सरकारमा नेपाली कांग्रेससँगै जसपा र लोसपालाई सहभागि गराएका छन् । केन्द्र सरकारमा सहभागि नगराएपनि जनमत पार्टीलाई मधेस सरकारको नेतृत्व दिएका छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि १८४ सांसदको समर्थन चाहिन्छ। ओली नेतृत्वको गठबन्धन दलसँग १८४ मत छ । याे टुप्लुक्क दुई तिहाइ हाे ।
नेपाली कांग्रेसका ८८, नेकपा एमालेका ७९, जसपाका ७, लोसपाका ४, जनमत पार्टीको ६ सांसद छन् । सभामुखले मत विभाजन प्रक्रियामा सहभागी हुन पाउदैनन् । तर अन्य साना दल र स्वतन्त्र सांसदले ओलीलाई समर्थन गर्ने सम्भावना छ ।
ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)