प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाइ बहुमत

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ बहुमत देखाएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका ओलीले मन्त्रीपरिषद गठनमा साना दललाई समेट्दै आफ्नो पक्षमा दुई तिहाइ बहुमत जुटाएका हुन् ।

कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले सरकारमा नेपाली कांग्रेससँगै जसपा र लोसपालाई सहभागि गराएका छन् । केन्द्र सरकारमा सहभागि नगराएपनि जनमत पार्टीलाई मधेस सरकारको नेतृत्व दिएका छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि १८४ सांसदको समर्थन चाहिन्छ। ओली नेतृत्वको गठबन्धन दलसँग १८४ मत छ । याे टुप्लुक्क दुई तिहाइ हाे ।

नेपाली कांग्रेसका ८८, नेकपा एमालेका ७९, जसपाका ७, लोसपाका ४, जनमत पार्टीको ६ सांसद छन् । सभामुखले मत विभाजन प्रक्रियामा सहभागी हुन पाउदैनन् । तर अन्य साना दल र स्वतन्त्र सांसदले ओलीलाई समर्थन गर्ने सम्भावना छ ।

ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।

प्रकाशित मिति: सोमबार, ३१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.