ओली क्याविनेटमा कांग्रेसकाे नेतृत्व सिंहले गर्ने, परराष्ट्रमा आरजु

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीको नाम नेपाली कांग्रेसले टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले नेताहरुसँग छलफलपछि सरकारमा सहभागि हुने मन्त्री सूची तयार पारेका हुन् ।

ओली नेतृत्वको सरकारमा पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व गर्नेछन् । उनी सहरी विकास मन्त्री बन्नेछन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्नेछन् । देउवा पत्नी आरजु देउवा राणा परराष्ट्रमन्त्री बन्ने तयारी छ ।

अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला, दिपक खड्कालाई जलस्रोत तथा ऊर्जा र ऐनबहादुर शाहीलाई वन मन्त्री बनाउने तयारी छ ।

शेखर कोइराला–गगन थापा समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन् । सहमहामन्त्री बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री र रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।

प्रकाशित मिति: सोमबार, ३१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.