विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको तीन वर्ष भित्रमा कोशी प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्य बनाउने बताएका छन् ।
प्रदेश खेलकुद विकास वाेर्डले विराटनगरमा आयोजना गरेकाे खेलाडी तथा खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले राजनीतिक अस्थिरताका कारण ओझेलमा परेको खेलक्षेत्रको विकास गर्ने बताए । कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको दौडको अन्त्य गर्दै तीन वर्ष भित्र कोशी प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यको रुपमा स्थापित गर्ने बताएका हुन् ।
खेल क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच समन्वय हुन जरुरी रहेको उनले बताए । ‘राज्यको पुनर्संरचनासँगै अहिले स्थानीय, प्रदेश र सङ्घबाट खेलकुदको विकासका लागि केही पहल र प्रयत्नहरू भएका छन्,’ उनले भने,‘ यद्यपि खेलकुदको विकासका लागि तीन तहबीच समन्वयात्मक पहल भने हुन सकेको छैन ।’
कार्यक्रममा भर्खरै सम्पन्न अन्तर प्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडी तथा खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने दुई सय जनालाई सम्मान गरिएको थियो ।
सोही अवसरमा खेल क्षेत्रमा कलम चलाउने पत्रकार नवीन अर्याल, भूमिका पाख्रिन, भूमिराज पराजुली, चुमन बस्नेत, किशोर बुढाथोकी, पुष्पराज थपलियालगायतका सञ्चारकर्मीलाई नगदसहित सम्मान गरिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)