एभरेष्टको कविता प्रतियोगितामा रिजु प्रथम

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।  एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरले २११ औं भानु जयन्तीको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा रिजु अधिकारी प्रथम भएकी छन् ।

कविता वाचन प्रतियोगितामा कक्षा ५ देखि १२ सम्मका ३० जना विद्यार्थीले भाग लिएका थिए । जसमध्ये कक्षा १० कि छात्रा रिजु अधिकारी प्रथम भएकी हुन् ।

कक्षा १२ का खिलराज ढकाल दोस्रो र कक्षा १२ कै सुजल कोइराला तेस्रो भए । कक्षा ५ कि छात्रा वेबिका पनेरुले सान्त्वना पुरस्कार जितिन् ।

विजेताहरूले क्रमश दश हजार, सात हजार, पाँच हजार र तीन हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

राष्ट्रियसभाका पूर्व सदस्य खेम नेपाली प्रमुख अतिथि रहेको कार्यक्रममा कवि निर्मला कोइराला र मीनकुमार नवोदित निर्णायक थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भानुभक्तले नेपाली भाषाको उत्थानमा सहयोग गरेको चर्चा गरे ।

प्रकाशित मिति: आइतबार, ३० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.