केदार कार्कीले सुरु गरे जनावरमैत्री जङ्गलका लागि वृक्षारोपण अभियान

Satya Sanchar सत्य सञ्चार

झापा । सात दिनकाे पदयात्रापछि कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात गरेका छन् ।

कार्कीले झापाकाे प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् ।

अभियान अन्तर्गत जंगल क्षेत्रमा जंगली जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्न उनले बताए । उनको यो अभियानलाई सामाजिक कार्यमा सक्रिय रहेका लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी, लायन्स क्लव कन्काई, दुर्गापुर, वाल क्लब सञ्जाल, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक व्यक्तित्व, कन्काई नगर प्रमुख राजेन्द्र कुमार पोखरेललगायत यहाँका सामाजिक कार्यमा सक्रिय क्लब तथा युवाहरूले साथ दिएका छन् ।

उनले जसको जंगल, उसको मंगलको अवस्था निर्माणका लागि जनावरमैत्री जंगल बनाउज सबैलाई सहभागी बन्न अपिल समेत गरेका छन् । झजंगलमा जनावरलाई खाने रूख, बिरुवा, फलफूल नभएका बस्ती पस्न बाध्य छन्,’ उनले भने, झजनावरमैत्री जंगल भएपछि जंगल क्षेत्रका वासिन्दा शान्तिपूर्ण जीवन गुजार्ने छन्, त्यसैले यो वृक्षारोपण कार्यक्रम सफल बनाउन सबैलाई आग्रह छ ।

कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए । विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जंगलमा जनावरका लागि आहार र जनावरमैत्री जंगल नभएकाले जंगली जनावरले सर्वसाधारणलाई दुःख दिने गरेको निष्कर्ष निकालेका थिए । तर, कोशी प्रदेशको सरकार परिवर्तन भएपछि वर्तमान सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको भन्दै कार्कीले सरकारलाई खबरदारीका साथ आफैँले वृक्षारोपण अभियान चलाएका हुन् ।

‘सरकारले जनताको बाँच्ने अधिकारलाई सुरक्षित गर्ने, जनताको जीविकोपार्जनमा पनि सुरक्षित गर्नुका साथै जंगली जनावरको अधिकारलाई पनि संरक्षण गर्ने हो तर अहिलेको सरकार त्यसप्रति विमुख भएको अवस्था छ,’ उनले भने, ‘यो सरकारले त्यो समयमा गरेका कामको फायल हेर्यो भने मात्रै जीव, जनावर र नागरिकका सन्दर्भमा नागरिककै चाहानाअनुसार काम कसरी गर्ने कुरा स्पष्ट देखिन्छ । त्यसलाई कार्यान्वयन गरियो भने पनि जंगल र जंगली जनावरले नागरिकलाई दिएको दुःखलाई धेरै हदसम्म समाधान गर्न सकिन्छ । सरकार अविछिन्न उत्तराधिकारी समेत हो तर यो सरकार कानमा तेल हालेर बसेको छ ।’

झापापछि मोरङ, सुनसरी र उदयपुरसम्मको जंगल क्षेत्रमा वृक्षारोपण अभियान सञ्चालन गरिने उनले बताए ।

प्रकाशित मिति: आइतबार, ३० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.