न्यायालयको पुनर्संरचना आवश्यक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कानुन विज्ञहरूले सङ्घीयताको मर्म अनुसार न्यायलयको पुनर्संरचना गर्नुपर्ने बताएका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशका अधिवक्ताहरूका लागि संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कानुन विज्ञहरूले सङ्घीयताको मर्म अनुसार न्यायालयको पुनसंरचना आवश्यक रहको बताएका हुन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मुलुक सङ्घीयतामा गइसकेका कारण न्यायालयको पुनसंरचना पनि समय सापेक्ष रुपमा गर्न आवश्यक रहेको बताए । न्यायालयको राम्रा अभ्यासलाई भत्काएर नभई सङ्घीयताको मर्म अनुसार न्यायालयको पुनर्संरचना गर्नुपर्ने उनको भनाई छ ।

घिमिरेले न्यायलयको पुनर्संरचना सहित संविधान संशोधनका लागि ८ बुँदे माग राख्दै प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाउने तयारी गरिएको जानकारी दिए ।

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले सङ्घीयताको मर्मअनुसार न्यायालयको पुनर्संरचना गर्नुपर्ने बताए । प्रदेशका मुद्दाहरूमा कार्यक्षेत्र र मुद्दाको प्रकृति तोकेर उच्च अदालतले नै टुङ्गो लगाउने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । सरकार तीन तहको भएकाले अदालतलाई पनि तीनै तहकै बनाउनु पर्ने बताए । नेपाल वार काउन्सिल कोशी प्रदेशको आयोजनामा भएको ७ दिने तालिममा कोशी प्रदेशका १४ जिल्लाका अधिवक्ताहरूको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, ३० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.