प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको पनि ह्वीप

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

प्रचण्डले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वास मत लिदैछन् । प्रमुख सचेतक रमेश लेखकले विश्वास मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

शुक्रबारको प्रतिनिधि सभामा कांग्रेस सांसदहरूलाई अनिवार्य उपस्थित हुन पनि कांग्रेसले भनेको छ।

नेकपा एमालेले बुधबार विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

कांग्रेस र एमालेबीत गत असार १७ गते नयाँ समीकरण बनाएर सरकार गठनको सहमति भएको थियो । प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव निर्क्योल भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ ।

प्रकाशित मिति: बिहिबार, २७ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.