सुन्दरहरैँचामा कुखुरा फार्म भित्र सञ्चालकको शव भेटियो, कामदार फरार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्म सञ्चालककाे शव बीभत्स अवस्थामा भेटिएकाे छ ।

बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव उनले नै सञ्चालन गरिरहेकाे फर्म भित्र हत्या गरिएकाे अवस्थामा भेटिएकाे हाे ।

आज बिहान उनी फर्ममा गएका थिए । नफर्किएपछि बिहीबार विहान साढे १० बजे आफन्त गएर हेर्दा बीभत्स अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनापछि फर्मका कामदार भने फरार छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बजगाईंको टाउको क्षतविक्षत र शरीरका अन्य भागमा चोटपटक रहेको अवस्थामा शव फेला परेकाे छ ।  घटनाको प्रकृति र घटनास्थलको अवस्था हेर्दा हत्या भएको प्रष्ट हुने उनले बताए ।

घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बन्चरो र दाउ पनि फेला परेको छ ।

बजगाईंको घरनजिकै कुखुरा फार्म छ । उनले  फार्मकाे रेखदेखका लागि एक दम्पतीलाई राखेका थिए । घटनापछि कामदार दम्पती नै फरार छन् ।

प्रहरीले फरार भएका दम्पतीमाथि आशंका गरेको छ । उनीहरुको खोजी भइरहेको डीएसपी बस्नेतले जानकारी दिए । ‘शव फर्म भित्रै छ, तर कामदार छैनन, घटनामा उनीहरुकाे संलग्नताकाे आशंका छ,’ उनले भने, ‘ अनुसन्धानपछि सबै विषय खुल्छ ।’

प्रकाशित मिति: बिहिबार, २७ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.