विराटनगरको पुँजीगत खर्च बढ्यो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिकाको पुँजीगत खर्च बढेको छ । गत क्षमतालाई बढाएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढेको हो ।

गत वर्ष ५० प्रतिशत पुँजीगत खर्च भएको थियो । चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च भएको महानगरले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ ।

नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबिचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको प्रमुख नागेश कोइरालाले बताए ।

चालुतर्फ महानगरले ८४ दशमलव ५५ प्रतिशत खर्च गरेको छ । १ अर्ब ६३ करोड विनियोजन गरेकामा १ अर्ब ३८ करोड ३७ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

महानगरले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकोमध्ये २ अर्ब ५२ करोड १ लाख रुपैयाँ खर्च गरेको छ ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रकाशित मिति: बिहिबार, २७ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.