विराटनगर । विराटनगर महानगरपालिकाको पुँजीगत खर्च बढेको छ । गत क्षमतालाई बढाएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढेको हो ।
गत वर्ष ५० प्रतिशत पुँजीगत खर्च भएको थियो । चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च भएको महानगरले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ ।
नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबिचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको प्रमुख नागेश कोइरालाले बताए ।
चालुतर्फ महानगरले ८४ दशमलव ५५ प्रतिशत खर्च गरेको छ । १ अर्ब ६३ करोड विनियोजन गरेकामा १ अर्ब ३८ करोड ३७ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।
महानगरले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकोमध्ये २ अर्ब ५२ करोड १ लाख रुपैयाँ खर्च गरेको छ ।
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)