रास्वपा महामन्त्री ढकालकाे जिम्मेवारी खाेसियाे, अब साधारण सदस्य मात्रै

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पार्टी जिम्मेवारीबाट हटाएको छ । रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । संस्थापक महासचिव ढकाल पार्टीमा साधारण सदस्यमात्रै छन् ।

मंगलबारकाे केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् ।

ढकाललाई निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौकासमेत दिइएको उनले बताइन् ।

देशयात्रा गरेपछि ढकालले प्रतिवेदन बुझाउने क्रममा सभापति रवि लामिछानेको कार्यशैली प्रति असन्तुष्टि जनाएका थिए ।

यात्राको समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अघि नै उनले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनीमाथि अनुशासन आयाेगले छानविन गरेकाे थियाे ।

गत बुधबारको रास्पाको बैठकले मुकुललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । 

महामन्त्रीबाट पदमुक्त भएका ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ ,’ उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ।’

प्रकाशित मिति: मङ्गलबार, २५ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.