काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पार्टी जिम्मेवारीबाट हटाएको छ । रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । संस्थापक महासचिव ढकाल पार्टीमा साधारण सदस्यमात्रै छन् ।
मंगलबारकाे केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् ।
ढकाललाई निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौकासमेत दिइएको उनले बताइन् ।
देशयात्रा गरेपछि ढकालले प्रतिवेदन बुझाउने क्रममा सभापति रवि लामिछानेको कार्यशैली प्रति असन्तुष्टि जनाएका थिए ।
यात्राको समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अघि नै उनले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनीमाथि अनुशासन आयाेगले छानविन गरेकाे थियाे ।
गत बुधबारको रास्पाको बैठकले मुकुललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
महामन्त्रीबाट पदमुक्त भएका ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् ।
‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ ,’ उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)