विराटनगरमा तीन जनामाथि धारिलाे हतियार प्रहार, एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा धारिलो हतियारले घोपेर एक युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए । तीन मध्ये एकको उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । प्रहरीले भने घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाको जानकारी पाएको थियो ।

मृतक कामतको छात्ती र कम्मरको भागमा सानो चक्कुले घोपेको जस्तो चोट देखिएको प्रहरी उपरीक्षक कार्कीले बताए । ‘सानो चक्कुले प्रहार गरेजस्तो देखिन्छ,’उनले भने,‘ मृतक र घाइतेको शरीरमा एउटै हतियार प्रहार भएजस्तो देखिन्छ ।’

घाइते मध्ये रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार एक जनाको हत्या र दुई जना घाइते भएको घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । सोमबार दिउँसो गाउँमै झगडा भएको देखिएका कारण अन्य व्यक्तीको संलग्नता हुनसक्ने उनले बताए ।

घटनामा संलग्नको खोजी तिब्र पारिएको बताउँदै उनले सबै विषय खुल्ने क्रममा रहेको बताए । ‘दिउँसो उनीहरुको कतै झगडा भएको रहेछ, त्यसको रिसमा घटना भएजस्तो देखिन्छ,’ उनले भने,‘ आफैआफै झगडा गरेको पनि हुनसक्छ, हामी अनुसन्धानमा छौं ।’

प्रहरीले घटनास्थलबाट एउटा मोबाइल फेला परेको छ । प्रहरी स्रोतका अनुसार मृतक र घाइते लागूऔषध प्रयोगकर्ता जस्ताे देखिन्छ ।

प्रकाशित मिति: मङ्गलबार, २५ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.