यातना दिएर यौनधन्दामा लगाएको आरोपमा युवती पक्राउ, ६ जनाकाे उद्धार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा महिलालाई जवरजस्ती यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । ६ युवतीको उद्दार गरेको छ ।

विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको घरको फ्ल्याटमा राखेर यातना दिँदै जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा झापाको विर्तामोड नगरपालिका– ८ गरामनी घरभई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरेको हो ।

प्रहरीले विराटनगर– ११ नयाँ गुद्रीबाट २१ देखि २३ वर्ष उमेर समूहका ६ जना युवतीको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १/१ जना र झापाका २ जना रहेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनीहरुलाई रोजगारी दिने भन्दै विराटनगर बोलाएर जवरजस्ती यौनजन्य कार्यमा लगाएको पाइएको प्रहरीले बताएको छ ।

चुँडालको समूहले पठाएको स्थानमा जान नमाने युवतीलाई यातना दिने गरेको देखिएको प्रहरीको दाबी छ । उद्धार गरिएका केही युवतीको शरीरमा चोटपटक पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चुँडाल र सुनसरीको इनरुवा घर भएका अन्दाजी ३० वर्षीय राजकुमार साहले विराटनगरको नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राख्ने र अन्यन्त्र लगेर यौन व्यवसायमा लगाउने गरेको थियो । चुँडाल पक्राउ परेपनि साह भने फार छन् । साहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, २४ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.