यातना दिएर यौनधन्दामा लगाएको आरोपमा युवती पक्राउ, ६ जनाकाे उद्धार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा महिलालाई जवरजस्ती यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । ६ युवतीको उद्दार गरेको छ ।

विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको घरको फ्ल्याटमा राखेर यातना दिँदै जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा झापाको विर्तामोड नगरपालिका– ८ गरामनी घरभई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरेको हो ।

प्रहरीले विराटनगर– ११ नयाँ गुद्रीबाट २१ देखि २३ वर्ष उमेर समूहका ६ जना युवतीको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १/१ जना र झापाका २ जना रहेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनीहरुलाई रोजगारी दिने भन्दै विराटनगर बोलाएर जवरजस्ती यौनजन्य कार्यमा लगाएको पाइएको प्रहरीले बताएको छ ।

चुँडालको समूहले पठाएको स्थानमा जान नमाने युवतीलाई यातना दिने गरेको देखिएको प्रहरीको दाबी छ । उद्धार गरिएका केही युवतीको शरीरमा चोटपटक पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चुँडाल र सुनसरीको इनरुवा घर भएका अन्दाजी ३० वर्षीय राजकुमार साहले विराटनगरको नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राख्ने र अन्यन्त्र लगेर यौन व्यवसायमा लगाउने गरेको थियो । चुँडाल पक्राउ परेपनि साह भने फार छन् । साहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, २४ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.