मानसिक बिरामीको उपचारमा पुरुष नर्स !

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अधिकांश अस्पताहरुमा विरामीकाे सेवामा महिला नर्स हुन्छन् । तर विराट मेडिकल कलेज शिक्षण अस्पतालको मानसिक विभागकाे दृश्य भने फरक छ ।

मानसिक विभागमा आउने सबै बिरामीको सेवामा महिला नभएर सबै पुरुष नर्स खटिएका छन् । विराटकाे मानसिक विभागमा दैनिक सरदर ३० जना बिरामी उपचारका आउँछन् । ती बिरामीको उपचारमा पुरुष नर्सले सहयाेग गरिरहेका हुन् ।

मानसिक बिरामीहरूको सेवा गर्ने काम कष्टकर र जोखिमपूर्ण हुन्छ । उपचार गर्न भर्नाका भएका बिरामीहरू कोही मानसिक रूपले विक्षिप्‍त हुन्छन् भने कोही चिच्याउने कराउने , होहल्ला गर्ने कुटपिट गर्ने खालका पनि हुन्छन् । प्रायले आफूलाई बिरामी मान्दैनन् र औषधी र खाना पनि  खान चाहदैनन् ।

बिरामी जाँचेर औषधी लेख्ने दक्षता हासिल गरेपनि आफूहरू थप अनुभव हासिल गरेर दक्ष स्वास्थ्यकर्मी बन्नका लागि बिरामीको उपचारमा लागिपरेको विराट अस्पताल  मानसिक विभागमा कार्यरत स्वास्थ्यकर्मी निरजकुमार देव बताउँछ ।

निरज जस्तै तीन वर्षे स्वास्थ्य सहायक (एचए) कोर्ष गरेर तालिम  लिएका विजय राजवंशी, मनोज मेहता, प्रशान्त ठाकुर, नितेशकुमार मेहता र सिकन्द्र यादवलगायत पुरुष नर्स मानसिक रोगीहरूको  सेवा गरिरहेका छन् ।

स्वास्थ्यकर्मी प्रशान्त ठाकुरका अनुसार मानसिक वार्डमा उपचार गराउन आएका कतिपय बिरामीको स्वभाव हिंस्रक हुन्छ ।  हरेक बिरामीको स्वभाव फरक फरक हुने भएकाले ध्यान दिएर उपचार गर्नुपर्ने उनी बताउँछन् । सजगता र धैयर्तासहित उपचारमा सहयोगबाट बिरामी निको भएर घर फर्कँदा खुसी लाग्ने नर्स सिकेन्द्र यादव बताउँछन ।

मानसिक विभागमा भर्ना भएका बिरामीको सेवामा स्वास्थ्य सहायक पढेका पुरुषहरूले पनि महिला नर्स सरह उपचार प्रभावकारी  बनाउन सहयोग गरिरहेको  मानसिक विभागका  रेसिडेन्सियल इञ्चार्ज चिकित्सक डाक्टर शीर्षकदीप श्रेष्ठ बताउँछन् ।

गणेश लम्साल, विराटनगर 

प्रकाशित मिति: सोमबार, २४ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.