कोशी ब्यारेजः सबै ढोका खोलियो, दाउरा निकाल्न रोक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी ब्यारेजमा पानीको बहाब बढेपछि स्थानीय प्रशासनले दाउरा निकाल्न र माछा मार्न रोक लगाएको छ ।

बाढीको बहाब उच्च भएका कारण नदीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार आइतबार साढे ३ बजे मापन गर्दा ३ लाख ९५ हजार क्युसेक मापन भएको छ ।

पानीको बहाव बढेपछि ५६ वटै ढोका खुल्ला गरिएको छ । नेपाल तर्फ बाढीले क्षति पुर्याएको छैन । तर भारतको विहारमा कोशी नदी किनार आसपासको बस्तीमा बाढी पसेको छ ।

कोशी ब्यारेजमा बिहान ९ बजे ३ लाख ७० हजार क्युसेक पानीको बहाव मापन भएको थियो । ११ बजे ३ लाख ७५ हजार, १ बजे ३ लाख ८६ हजार र साढे ३ बजे ३ लाख ९५ हजार क्युसेक मापन भएको छ । यो बहाब निरन्तर बढ्ने क्रममा रहेकाले प्रहरीले उच्च सतर्कता अपनाएको रेग्मीले बताए । उनले नदी किनारका बासिन्दालाई पनि शतर्कता अपनाउन आग्रह गरिएकाे बताए ।

प्रकाशित मिति: आइतबार, २३ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.