कोशी ब्यारेजको सबै ढोका खोलियो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सप्तकोशी नदी ब्यारेजका सबै ढोका खोलिएको छ। निरन्तरको वर्षाका कारण पानीको बहाव  उच्च भएपछि आज विहानबाट सबै ढोका खोलिएको हो ।

भारतको पूर्ण नियन्त्रणमा रहेको ब्यारेजमा ५६ वटा ढोका छन् । आज बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार आज विहान ९ बजेपछि ३ लाख ७० हजार क्युसेक पानीको बहाव मापन भएको छ । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा भएपछि सप्तकोशीमा पानीको बहाब उच्च भएपछि सबै ढोका खोलिएको हो ।

सप्तकोशीमा प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पानीको बहब पुगेपछि खतरा मानिन्छ। सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

२०११ साल वैशाख १५ गते नेपाल र भारतबीच भएको कोशी योजना सम्बन्धी सम्झौता अनुसार बनेको कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको चाप थाम्न सक्ने क्षमता थियो । तर बाढीसँगै आउँने ढुंगा र बालुवाले बाध भन्दा माथिको भाग पुरेको छ। ब्यारेजमाथिकाे बालुका  बगाउनका लागि पनि भारतीय पक्षले कहिलेकाही सबै ढोका खोल्छ ।

प्रकाशित मिति: आइतबार, २३ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.