कोशी ब्यारेजको सबै ढोका खोलियो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सप्तकोशी नदी ब्यारेजका सबै ढोका खोलिएको छ। निरन्तरको वर्षाका कारण पानीको बहाव  उच्च भएपछि आज विहानबाट सबै ढोका खोलिएको हो ।

भारतको पूर्ण नियन्त्रणमा रहेको ब्यारेजमा ५६ वटा ढोका छन् । आज बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार आज विहान ९ बजेपछि ३ लाख ७० हजार क्युसेक पानीको बहाव मापन भएको छ । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा भएपछि सप्तकोशीमा पानीको बहाब उच्च भएपछि सबै ढोका खोलिएको हो ।

सप्तकोशीमा प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पानीको बहब पुगेपछि खतरा मानिन्छ। सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

२०११ साल वैशाख १५ गते नेपाल र भारतबीच भएको कोशी योजना सम्बन्धी सम्झौता अनुसार बनेको कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको चाप थाम्न सक्ने क्षमता थियो । तर बाढीसँगै आउँने ढुंगा र बालुवाले बाध भन्दा माथिको भाग पुरेको छ। ब्यारेजमाथिकाे बालुका  बगाउनका लागि पनि भारतीय पक्षले कहिलेकाही सबै ढोका खोल्छ ।

प्रकाशित मिति: आइतबार, २३ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.