प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ असार शुक्बार विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ ।

आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने भन्दै एमाले अध्यक्ष ओलीले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएका थिए । संविधानत् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । प्रचण्डसँग माओवादीका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका१० र अशोक राई नेतृत्वको जसपाका ७ सहित ७९ सांसदको साथ छ ।

प्रकाशित मिति: शुक्रबार, २१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.