सत्ता समीकरण : लुम्बिनी र सुदूरपश्चितबाट फिर्ता भयो एमाले, बागमतीबाट बाहिरिँदै

Satya Sanchar सत्य सञ्चार

काठमाडाैँ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेले सरकार सञ्चालन गर्ने सहमति गरेपछि तीन प्रदेश सरकार अल्पमतमा परेकाे छ । माओवादी केन्द्रले नेतृत्व गरेकाे लुम्बिनी र बागमती प्रदेश र नेकपा एकिकृत समाजवादीले नेतृत्व गरेकाे सुदूरपश्चित प्रदेश सरकार अल्पमतमा परेकाे हाे ।

केन्द्रमा नयाँ समीकरण बनेपछि नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार एमालेका ५ मन्त्रीले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा पनि बुझाएको छ । बागमती प्रदेशबाट आज बाहिरिने एमालेको तयारी छ ।

केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् ।

नेकपा एकिकृत समाजवादी पार्टी नेतृत्वको सुदूरपश्चिम सरकार पनि अल्पमतमा परेको छ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नेकपा एमाले नेतृत्वकाे काेशी, कर्णाली प्रदेश र नेपाली कांग्रेस नेतृत्वकाे गण्डकी प्रदेश सुरक्षित छ । मधेश प्रदेश सरकारकाे नेतृत्व जनमत पार्टीले गरेकाे छ ।  जनमत पनि कांग्रेस एमाले नेतृत्वकाे गठबन्धनमा रहने भएका कारण सरकार जाेगिने लगभग निश्चित छ ।

प्रकाशित मिति: शुक्रबार, २१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.