काठमाडाैँ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेले सरकार सञ्चालन गर्ने सहमति गरेपछि तीन प्रदेश सरकार अल्पमतमा परेकाे छ । माओवादी केन्द्रले नेतृत्व गरेकाे लुम्बिनी र बागमती प्रदेश र नेकपा एकिकृत समाजवादीले नेतृत्व गरेकाे सुदूरपश्चित प्रदेश सरकार अल्पमतमा परेकाे हाे ।
केन्द्रमा नयाँ समीकरण बनेपछि नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार एमालेका ५ मन्त्रीले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा पनि बुझाएको छ । बागमती प्रदेशबाट आज बाहिरिने एमालेको तयारी छ ।
केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् ।
नेकपा एकिकृत समाजवादी पार्टी नेतृत्वको सुदूरपश्चिम सरकार पनि अल्पमतमा परेको छ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
नेकपा एमाले नेतृत्वकाे काेशी, कर्णाली प्रदेश र नेपाली कांग्रेस नेतृत्वकाे गण्डकी प्रदेश सुरक्षित छ । मधेश प्रदेश सरकारकाे नेतृत्व जनमत पार्टीले गरेकाे छ । जनमत पनि कांग्रेस एमाले नेतृत्वकाे गठबन्धनमा रहने भएका कारण सरकार जाेगिने लगभग निश्चित छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,431)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)