विराटनगरबाट १६९ किलो गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा १६९ किलो गाँजा फेला परेको छ । प्रहरीका अनुसार नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगर महानगरपालिका–१७ गुजार टोलस्थित खाली जमिनमा १ सय ६९ किलो गाँजा फेला परेको हो ।

गाँजा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले बिहीबार राति ११ बजेतिर फेला पारेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गाँजा कसले ल्याएर छाड्यो भन्ने खुलेको छैन । तस्करको समूहले भारत तर्फ लैजादै गर्दा प्रहरीलाई देखेपछि बाटोमै गाँजा छाडेर भागेको प्रहरीको भनाई छ । ६ वटा पोकाभित्र गाँजा भेटिएको थियो ।

नेपालबाट भारततर्फ कटाउने तयारी गर्दैगर्दा प्रहरी आएको थाहा पाएका कारण ओसारपसारमा संलग्नहरु गाँजा फालेर भागेको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, २१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.