विराटनगरबाट १६९ किलो गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा १६९ किलो गाँजा फेला परेको छ । प्रहरीका अनुसार नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगर महानगरपालिका–१७ गुजार टोलस्थित खाली जमिनमा १ सय ६९ किलो गाँजा फेला परेको हो ।

गाँजा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले बिहीबार राति ११ बजेतिर फेला पारेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गाँजा कसले ल्याएर छाड्यो भन्ने खुलेको छैन । तस्करको समूहले भारत तर्फ लैजादै गर्दा प्रहरीलाई देखेपछि बाटोमै गाँजा छाडेर भागेको प्रहरीको भनाई छ । ६ वटा पोकाभित्र गाँजा भेटिएको थियो ।

नेपालबाट भारततर्फ कटाउने तयारी गर्दैगर्दा प्रहरी आएको थाहा पाएका कारण ओसारपसारमा संलग्नहरु गाँजा फालेर भागेको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, २१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.