दीर्घकालीन महत्वका निर्णय नगर्न प्रचण्डलाई एमालेको आग्रह

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन महत्वको निर्णय नगर्न नेकपा एमालेले आग्रह गरेको छ ।

केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भन्दै प्रचण्ड नेतृत्वको सरकारमा सहभागि एमालेका मन्त्रीलाई फिर्ता बोलाएर बुधबार समर्थन फिर्ता लिएका थिए ।

बिहीबार दिउँसो महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी अल्पमतमा परिसकेको अवस्थामा दीर्घकालिन महत्वको काम नगर्न आग्रह गरेका हुन् ।

कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले उल्लेख गरेको छ ।

‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न रनगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ’, महासचिव पोखरेलले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति: बिहिबार, २० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.