प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिने, विश्वासको मत परीक्षण गर्ने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको पदाधिकारी बैठकले राजीनामा नदिने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पाैडेलले जानकारी दिए ।

कांग्रेस एमालेले सोमबार राति नयाँ सरकार बनाउने सहमति गरेका थिए ।

सहमतिपछि आज विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । तर प्रचण्ड तयार भएनन् ।

दुई पार्टीले सहमति गरेपछि राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर प्रस्ताव गरेकाे भन्दै प्रचण्डले जान नसकिने पदाधिकारी बैठकमा व्रिफिङ गरेका थिए ।

प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारको नेतृत्वमा छन् । उनले विश्वासको मत नपाए स्वत उपधारा ३ अनुसार सरकार बन्नेछ । उपधारा ३ अनुसार संसदको ठूलो दलको नेता प्रधानमन्त्री नियुक्त हुने प्रवधान छ । संघिय संसदको ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेस र एमालेबीच पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने समझदारी छ ।

वर्तमान प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने छनक बुझेका एमाले र कांग्रेस नेताहरुले सोमबार राति राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रचण्डले विश्वासको मत परिक्षणपछि पनि उपधारा २ अनुसार नै सरकार गठन आख्ह्वान गर्नका लागि आग्रह गरेका थिए ।

सरकारमा सहभागि दलले समर्थन फिर्ता लिए प्रचण्डले ३० दिन भित्र विश्वासको मत परीक्षण गर्नुपर्छ ।

प्रकाशित मिति: मङ्गलबार, १८ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.