कांग्रेस-एमालेबीच सरकार गठनको सहमति, किनारामा प्रचण्ड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाउने सहमति गरेका छन् ।

नेकपा माओवादी केन्द्रसँगको गत फागुन तेस्रो साता भएको सहमति तोड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग सत्ता सहकार्यको सहमति गरेका हुन् । सहमतिपछि अब ओली पहिलो कार्यकाल प्रधानमन्त्री बन्नेछन्, दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

ठूला दल कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि प्रधानमन्त्री प्रचण्ड किनारामा पुगेका छन् । ३२ सिट संख्या भएपनि कांग्रेस र एमालेसँग सहकार्य गर्दै प्रधानमन्त्री बनिरहेका प्रचण्ड सत्ताकाे किनारामा पुग्ने भएका हुन् ।

कांग्रेस एमालेबीचको सहमतिमा दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति छ ।

संविधानमा आवश्यक संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति पनि छ ।

प्रकाशित मिति: मङ्गलबार, १८ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.