विराटनगर । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाउने सहमति गरेका छन् ।
नेकपा माओवादी केन्द्रसँगको गत फागुन तेस्रो साता भएको सहमति तोड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग सत्ता सहकार्यको सहमति गरेका हुन् । सहमतिपछि अब ओली पहिलो कार्यकाल प्रधानमन्त्री बन्नेछन्, दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
ठूला दल कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि प्रधानमन्त्री प्रचण्ड किनारामा पुगेका छन् । ३२ सिट संख्या भएपनि कांग्रेस र एमालेसँग सहकार्य गर्दै प्रधानमन्त्री बनिरहेका प्रचण्ड सत्ताकाे किनारामा पुग्ने भएका हुन् ।
कांग्रेस एमालेबीचको सहमतिमा दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति छ ।
संविधानमा आवश्यक संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति पनि छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,368)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)