काठमाडौं । संघीय संसदकी उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरु निदाउने गरेको गुनासो गरेकी छन् । आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको बताएकी हुन् ।
‘संसद्मा फोटो खिच्न मिल्दैन, घ्वार्रघ्वार्र घुरेर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरु, यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखें,’ उनले भनिन् ,‘अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिं हामी सभामा नबसौं ।’
उपसभामुख रानाले संसद् बैठकमा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन् । ‘सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ,’ उनले भनिन् ,‘यी अनुहारहरु फेरि एकछिनमा हामी देख्न पाउँदैनौं । यी आवाजहरु एकछिनमा हामी सुन्न पाउँदैनौं ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,433)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)