धनपालथानबाट १५ सय किलाे गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । भारत लैजानका लागि सीमा क्षेत्र नजिकै लुकाएर राखेको एक हजार ५ सय ४८ किलो गाँजा मोरङ प्रहरीले बरामद गरेको छ । बिहीबार धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको खेतमा रहेको गोठबाट १ हजार ५ सय ४८ किलो गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएको स्थान नेपाल भारत सीमा नजिकै रहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

गोठमा लुकाएर राखेको अवस्थामा ४९ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा फेला परेको उनले बताए । प्रहरीले गोठधनी सिंहलाई पनि नियन्त्रणमा लिएको छ । भण्डारण गरिएको गोठ बस्ती नजिकै पर्छ ।

प्रहरी स्रोतका अनुसार बरामद भएको गाँजा भारत लैजानका लागि धनकुटाबाट पटकपटक गरि तस्करको समूहले ल्याएको थियो ।

धनकुटाको गाँजा विराटनगरमा प्रतिकिलो करिब १५ हजार रूपैयाँमा किनबेच हुन्छ ।भारत पुगेपछि गाँजाको मूल्य दोब्बर हुन्छ । बरामद गाँजाको मूल्य नेपालमा २ करोड ३२ लाख हाराहारी रहेको प्रहरीले बताएको छ ।

(यसअघि समाचार शीर्षक भूलवस गलत भएकाेमा सच्याइएकाे छ । स‍.)

प्रकाशित मिति: शुक्रबार, १४ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.