धनपालथानबाट १५ सय किलाे गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । भारत लैजानका लागि सीमा क्षेत्र नजिकै लुकाएर राखेको एक हजार ५ सय ४८ किलो गाँजा मोरङ प्रहरीले बरामद गरेको छ । बिहीबार धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको खेतमा रहेको गोठबाट १ हजार ५ सय ४८ किलो गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएको स्थान नेपाल भारत सीमा नजिकै रहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

गोठमा लुकाएर राखेको अवस्थामा ४९ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा फेला परेको उनले बताए । प्रहरीले गोठधनी सिंहलाई पनि नियन्त्रणमा लिएको छ । भण्डारण गरिएको गोठ बस्ती नजिकै पर्छ ।

प्रहरी स्रोतका अनुसार बरामद भएको गाँजा भारत लैजानका लागि धनकुटाबाट पटकपटक गरि तस्करको समूहले ल्याएको थियो ।

धनकुटाको गाँजा विराटनगरमा प्रतिकिलो करिब १५ हजार रूपैयाँमा किनबेच हुन्छ ।भारत पुगेपछि गाँजाको मूल्य दोब्बर हुन्छ । बरामद गाँजाको मूल्य नेपालमा २ करोड ३२ लाख हाराहारी रहेको प्रहरीले बताएको छ ।

(यसअघि समाचार शीर्षक भूलवस गलत भएकाेमा सच्याइएकाे छ । स‍.)

प्रकाशित मिति: शुक्रबार, १४ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.