रंगेलीमा सर्पले डस्दा एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । मोरङको रंगेलीमा विषालु सर्पले डसेर एक जना महिलाको मृत्यु भएको छ । रंगेली नगरपालिका–८ खयरबारीकी ५७ वर्षीया कलादेवी ऋषिदेवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राति सुतिरहेको ओछ्यानमा सर्पले डसेको थाहा पाएपछि परिवारका सदस्यले उपचारका लागि भारततर्फ लगेका थिए ।

उपचारका लागि लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

बस्नेतका अनुसार महिलालाई कुन प्रजातिको सर्पले डसेको हो भन्ने खुल्न सकेको छैन । घटनाका बारेमा प्रहरीले बिहीबार बिहान साढे ६ बजेतिर मात्रै जानकारी पाएको थियो ।

प्रकाशित मिति: बिहिबार, १३ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.