एसईईमा १ लाख १५ हजार विद्यार्थीले पूरक परीक्षा दिन पाउने

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे ।

विराटनगर । एसईईमा दुई विषयमा नन ग्रेडिङ (एनजी) ल्याएका विद्यार्थीले एक महिनापछि पूरक परीक्षा दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागि मध्ये ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ छ ।

तीमध्ये २ विषयमा एनजी हुने १ लाख १५ हजार ८ सय ३४ विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् । उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

ग्रेडवृद्धि हुने विद्यार्थी यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ।

बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् ।

प्रकाशित मिति: बिहिबार, १३ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.