कोशीको मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेको नयाँ नरिज

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकार गठन विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गर्दै खारेज गरेको छ ।

सरकार गठनसम्बन्धी संविधानको अन्तिम धाराअन्तर्गत बनेको सरकार कुनै कारणले असफल भए वैकल्पिक सरकार बन्न सक्ने नजिर स्थापित गरेको हो ।

कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री कार्कीले दायर गरेको रिट मंगलबार सर्वोच्चको पूर्ण इजलासले खारेज गरेको हो ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार पुनर्गठन हुन नसक्ने र फेरि सोही धाराअन्तर्गत अर्को सरकार बन्न नसक्ने जिकिर गर्दै केदार कार्कीले रिट दायर गरेका थिए । तर, न्यायाधीश कुमार रेग्मी, नहकुल सुवेदी र अजीज मुसलमानको पूर्ण इजलासले सरकार गठनसम्बन्धी संविधानको अन्तिम धारा १६८ (५) बमोजिम बनेको मुख्यमन्त्रीले पनि अरु उपधारा अनुसार नियुक्त भएकै सरह विश्वासको मत लिनुपर्ने र विश्वासको मत प्राप्त नगरेमा वा नलिएमा सोही धाराअन्तर्गत वैकल्पिक सरकार बन्न सक्ने नजिर स्थापित गरेको छ ।

सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले केही दिनभित्र आदेशको पूर्णपाठ तयार हुने बताए । उनका अनुसार ‘संविधानको धारा १६८ को ५ बमोजिम गठित सरकारलाई समर्थन गर्ने दल वा व्यक्तिले दिएको समर्थन फिर्ता लिएको अवस्थामा संविधानको धारा १८८ को २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत नलिएको र यस्तो अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरी, नयाँ सरकार गठन भई सो सरकारले विश्वासको मतसमेत लिएको देखिन आएकाले रिट खारेज हुने भनी फैसला भएको छ,’ आदेश सारमा उल्लेख छ ।

संविधानविद् टीकाराम भट्टराईले सर्वोच्चको यो नजिरले संघ र सातवटै प्रदेश सरकार गठनमा अदालतको व्याख्या आकर्षित हुने बताए ।

अर्का संविधानविद् चन्द्रकान्त ज्ञवालीले सर्वोच्चको यो व्याख्याले जसरी पनि सरकार बनाइराख्नुपर्छ भन्ने संसदीय सर्वोच्चताको मान्यतालाई जोड दिएको बताए । यसले सांसद खरिदबिक्रीलाई प्रश्रय दिने उनको भनाई छ ।

गत फागुन २१ मा केन्द्रीय सत्ता गठबन्धनमा फेरबदलसँगै तत्कालीन मुख्यमन्त्री कार्कीले बहुमत गुमाएका थिए । कार्की नेतृत्वको सरकारबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएपनि उनले ३० दिनभित्र विश्वासको मत लिएका थिएनन् । संसदले पास गरेको संकल्प प्रस्ताव पनि उनले मानेनन् । प्रदेश प्रमुख परशुराम खापुङले विश्वासको मत नलिएपछि कार्कीलाई स्वत पदमुक्त गर्दै एमालेका ३९ र माओवादीका १३ गरी ५२ सांसदको समर्थन प्राप्त एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई २७ बैशाखमा मुख्यमन्त्री नियुक्त गरेका थिए । केदार कार्कीले सोही दिन सर्वाेच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति: बुधबार, १२ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.