विराटनगर । आर्थिक वर्ष २०८१–८२ का लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ । चालू आर्थिक वर्षका लागि विराटनगरले ३ अर्ब ३६ करोड १७ लाखको बजेट ल्याएको थियो । सोमबार उपमेयर शिल्पा कार्कीले ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्ष महानगरको बजेटमा प्रशासनिक खर्च तर्फ ५९ करोड, ऋणको सावा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार खर्च हुने अनुमान छ । समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन बिनियोजन भएको छ । योजना निर्माण गर्ने क्रममा महानगरपालिकाले १९ वडालाई न्यूनतम दुई करोडका दरले बजेट दिएको थियो ।
आगामी वर्षको खर्च तर्फ बहुवर्षीय ठेक्का तथा दायित्व सरेका योजनाहरुको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराइ मधेस समृद्धि कार्यक्रम तर्फ ५ करोड ६० लाख, मर्मत सम्भारका लागि १० करोड र भारी सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले सडक ढल तथा नाला सफाई र मर्मतका लागि ४ करोड ५० लाख विनियोजन गरेको छ । सामाजिक विकास क्षेत्र अन्तर्गत शैक्षिक विकास कार्यक्रमका लागि ७८ करोड, स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, नगरस्तीय योजनाका लागि ३५ करोड विनियोजन गरेको छ ।
कृषि विकासका लागि १ करोड ३ लाख, पशुपंक्षी तथा भेटनरीका लागि १ करोड ५३ लाख, उद्यमशील विकासका लागि ५० लाख, पर्यटन प्रवद्र्धनका लागि १ करोड ९४ लाख विनियोजन गरेको छ । विपद् व्यवस्थापन तर्फ १ करोड २०, सरसफाइका लागि १ करोड ३० लाख विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १७ लाख बजेट प्रस्तुत गरेको महानगरले जेठ मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ६४.१३ प्रतिशत हो । सो खर्च मध्ये चालु तर्फ १ अर्ब २५ करोड ११ लाख र पूजीगत तर्फ ८८ करोड १३ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)