महिनावारीकाे समयमा छालामा निलो दाग किन देखिन्छ ?

Satya Sanchar सत्य सञ्चार

विराटनगर । महिनावारी हुँदा महिलामा पेट दुख्नु, कमजोर महसुस हुनु र मुड स्विङ हुने सामान्य समस्या हुन् । तर कहिलेकाही महिनावारीको समयमा महिलाको शरीरमा निलो दाग पनि देखिन्छ । महिनावारीको बेलामा सामान्य चोटपटक लाग्दा निलो दाग देखिने गर्छ । सामान्यतया पाखुरा, खुट्टा र शरीरका अन्य भागमा निलो दाग देखिन्छ ।

महिनावारीको समयमा महिलाहरुमा हर्मोनले उतारचढाव हुन्छ । हर्माेन समस्याले महिलाहरूलाई राती सुत्दा ऐंठन हुने , हातखुट्टा सुन्निने, मुड स्विङ हुनसक्छ । छाला संवेदनशील हुन्छन् । छालाभित्रका साना रक्तनलीमा क्षति पुग्दा छालामा दाग अर्थात् निलो दाग देखिन सक्छ ।

छालामा निलो दाग देखिने सक्ने अरु कारण पनि छन् । ति कारण निम्न हुन् ।
गर्भनिरोधक चक्की

गर्भनिरोधक चक्कीको प्रयोग गर्दा शरीरमा क्लोटिङ अर्थात् रगत ढिक्का हुन थाल्छ । यसका कारण रक्तनलीको समूहमा यसको प्रभाव देखिन थाल्छ र निलो दाग आउन सक्छ ।
एनिमिया (रगतको कमी)

शरीरमा स्वस्थ रातो रक्तकोषिकाहरुको कमीले तन्तुहरूमा अक्सिजन पुग्दैन । जसकारण धेरै महिलालाई अत्याधिक रक्तस्राव हुनसक्छ । यसले गर्दा दागको समस्या बढ्छ । अक्सिजनको कमीले रक्तकोषिकाहरु कमजोर हुन्छ र छालामा निलो दाग देखिन थाल्छ ।

भिटामिन

शरीरमा भिटामिन सीले रक्तनलीहरुको अखण्डता कायम राख्छ । भिटामिन केको मात्रा अत्याधिक रक्तस्राव रोक्न सक्छ । अनियमित आहारका कारण हुने पोषणको कमीले दागको समस्या बढाउँछ ।

तनाव पनि

तनाव हुँदा पनि शारीरिक क्रियाकलापमा यसको प्रभाव देखिन्छ ।

स्वस्थ जीवनशैली र सन्तुलन खाना खान सकेमा शरीरमा दाग नआउन सक्छ । यसबाहेक नियमित व्यायामले रक्तनलीलाई बलियो बनाएर शरीरमा नियमित रक्तसञ्चार कायम राख्न मद्दत गर्छ । साथै रगतमा अक्सिजनको प्रवाह पनि उच्च रहन्छ, जसले रक्तनलीलाई बलियो बनाउन मद्दत गर्छ । आहारमा सन्तुलन कायम राख्न क्याल्सियम र प्रोटिन बाहेक भिटामिन र मिनरल्स पनि खानुपर्छ । महिनावारीको बेलामा अत्याधिक रक्तस्रावबाट बच्न भिटामिन केको सेवन गर्न सकिन्छ । यसबाहेक भिटामिन सीले रक्तनलीको समूह कायम राख्छ । दैनिक बारम्बार कफी र चिया पिउनाले शरीरमा हानि पुर्‍याउन सक्छ । यसबाहेक नियमित मदिरा र धुम्रपानले पनि रक्तनलीमा असर गर्छ ।

शरीरलाई सन्तुलित राख्न समयमै सुत्नु र उठ्नु अति आवश्यक हुन्छ । यसका लागि निद्राको ढाँचा अपनाउनुपर्छ, जसले शरीर चक्रमा हर्मोनल सन्तुलन कायम राख्छ र महिनावारीअघि शरीरमा कुनै पनि निलो दागहरू देखिने छैनन् ।

प्रकाशित मिति: सोमबार, १० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.