कोशीमा पेन डाउन गरेका लेखा अधिकृतको आन्दोलनमा कर्मचारी संगठन पनि जोडिए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित चार दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरुको आन्दोलनमा दल निकट कर्मचारी संगठन पनि जोडिएका छन् ।

आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै पाँच कर्मचारी संगठनले आन्दोलनमा एक्येवद्धता जनाएका हुन् । उनीहरुले सबै सेवा समूहका कर्मचारीहरुको समान वृत्ति विकासको सुनिश्चितता हुनेगरी लेखा अधिकृतको माग सम्बोधन गर्न माग गरेका छन् ।

नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कोशी प्रदेश, एकिकृत सरकारी कर्मचारी संगठन नेपाल र आधिकारिक ट्रेड युनियन मोरङले विज्ञप्ती जारी गर्दै सबै सेवा समूहका कर्मचारीको समान वृत्ति विकासको सुनिश्चितता हुनेगरी माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

तह वृद्धिका लागि निजामती सेवा ऐनले विभेद गरेको भन्दै लेखा अधिकृतहरु बिहीबारबाट काम छाडेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका कर्मचारीहरुले लेखा समूहका कर्मचारीमाथि भएको विभेद अन्त्य गर्न माग गरेका छन् ।

आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरुका अनुसार संघबाट समायोजन भएका छैटौ तहका अधिकृतको बढुवामा छुटेका छन् । तर समायोजन ऐन २०७५ अनुसार नियुक्त भएका स्थानीय तहका कर्मचारी सातौ तहमा बढुवा भएका छन् । समायोजन भएर प्रदेशमा आएका सिनियर कर्मचारी छुटेका कारण कर्मचारीहरुले ज्येष्ठता कायम रहनेगरी सातौ तहमा बढुवाको माग गरेका छन् ।

आठौ तहका अधिकृतलाई नवौं तहमा समूह नछुट्याउन माग गरेका छन् । माथिल्लो तहमा प्रशासन र लेखा समूह समान हुन्छन् । तर प्रदेश ऐनले लेखा र प्रशासनलाई छुट्टै राखेको छ ।

माथिल्लो तहमा लेखा र प्रशासन समूह समान हुने बताउँदै अधिकृतहरुले नवौं तहमा प्रतिस्पर्धा गर्ने बातावरण बनाउनका लागि लोकसेवा आयोगको विज्ञापन तत्काल स्थगन गर्न पनि माग गरेका छन् ।

लोकसेवा आयोगको विज्ञापनमा प्रशासन सेवाको समूहको नवौं तहको बढुवाका लागि विज्ञापन प्रकाशित छ । प्रशासन समूहका कर्मचारीले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका कारण उनीहरुले सबै समूहलाई प्रतिस्पर्धा गर्न पाउनगरी प्रशासन सेवा मात्रै राख्न माग गरेका हुन् ।

आन्दोलनरत लेखा अधिकृतहरुले आफ्ना मागहरु पूरा नभएसम्म काम छाडेर आन्दोलन जारी राख्ने बताएका छन् । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलाई ज्ञापनपत्र बुझाएका कर्मचारीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बोलाएर काममा फर्कने वातावरण बनाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, १० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.