रामकुमारलाई यसपालि ‘लक’ लागेन !

Satya Sanchar सत्य सञ्चार

२० जेठ, विराटनगर । मोरङको कटहरी गाउँपालिका– ४ का रामकुमार राजवंशीले तरकारी खेती गर्न थालेको सात वर्ष भयो । त्यसअघि उनी निजी उद्योगमा मजदुरी गर्थे ।

क्वालिटी सप प्रालिका स्थायी कर्मचारी उनी अपरेटरको काम गर्थे । २० वर्ष उद्योगमा काम गरेका रामकुमारलाई बुबाको मृत्युपछि खेतीकिसानी गर्न मन लाग्यो ।
उद्योगमा मासिक १५-२० हजार रुपैयाँ आम्दानी गर्ने उनी तरकारी खेतीबाट त्यो भन्दा धेरै कमाइरहेका छन् ।

हुलाकी सडकसँग जोडिएको पाँच बिघा जग्गा भाडामा लिएर उनका बाबुले धान खेती गरेका थिए । बाबुको मृत्युपछि रामकुमारले त्यो जग्गामा तरकारी खेती गरे । अहिले उनले ५ जनालाई रोजगारी पनि दिएका छन् । बाली लगाउने बेलामा त उनको खेतबारीमा १५–१६ जनाले काम पाउँछन् । जग्गाको भाडा मात्रै वर्षको पाँच लाख बुझाउँछन् । रामकुमारलाई उनकी श्रीमती सरिताले काममा सघाउँछिन् ।

रामकुमारले यो वर्ष झण्डै साढे दुई बिघामा गोलभेँडा खेती गरेका थिए । यो वर्ष उत्पादन राम्रो भयो, तर बजार भाउ सोचेजस्तो भएन । खेतीमा घाटा नलागेपनि मुनाफा भने उनले सोचेजस्तो भएन ।

‘यो वर्ष लक लागेन्, लक लागेको भए राम्रो हुन्थ्यो’, उनी भन्छन्, ‘तर केही छैन । लगानी उठ्यो, थोरै आम्दानी भयो ।’

तरकारीको राम्रो भाउ पाउनुलाई उनले लक लागेको भन्छन् । ‘एक समय त मैले ९६ रुपैयाँ किलोसम्म पनि बारीबाटै टमाटर बेचेको थिएँ’, उनी भन्छन्, ‘यो वर्ष भाउ आएन, आम्दानी सोचेजस्तो भएन ।’

उनले लगाएको टमाटर सबै बिक्री भइसकेको छैन । वर्षाले उनको उत्पादनमा असर गरेको छ । पानी परेका बेला गोलभेँडा चाँडै पाक्छ र बारीमा कुहिने पनि हुन्छ । ‘लक लाग्यो भने पैसा राम्रो कमाइ हुन्छ, लागेन भने पनि भनेपनि सावाँ चाहिँ आइहाल्छ’, उनी भन्छन् ,‘१० रुपैयाँ केजी नै गयो भनेपनि पूँजी उठ्छ ।’

रामकुमारले २०७३ सालमा पाँच कट्ठामा तरकारी खेती सुरु गरेका उनले काठमाडौंमा पनि तरकारी पठाउँछन् । स्थानीय व्यापारी तरकारी किन्नका लागि उनको बारीमै पुग्छन् । तरकारी खेती सुरु गरेपछि रामकुमारको आर्थिक अवस्थामा सुधार भएको छ ।

तीन सन्तानमध्ये दुई जना अहिले निजी विद्यालयमा पढिरहेका छन् । जेठी छोरी आँखासम्बन्धी प्राविधिक विषय पढिरहेकी छन् । तरकारी खेतीकै आम्दानीले रामकुमारले १० कट्ठा जग्गा किनिसकेका छन् ।

प्रकाशित मिति: बुधबार, ३० जेठ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.