काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन फागुन २१ गते देशभरको मौसम सफा रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको हिमाली भूभागमा फाट्टफुट्ट वर्षा र हिमपातको सम्भावना छ । पहाडमा आंशिक बादल लाग्नेछ । तराईमा मौसम सफा हुनेछ ।
मधेस प्रदेशमा मौसम सफा हुनेछ । बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराईमा मुख्यतया मौसम सफा हुनेछ ।
गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराईमा मौसम सफा हुनेछ । लुम्बिनी प्रदेशको मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कर्णाली प्रदेशको मौसम पनि सफा रहने विभागले प्रस्ट पारेको छ ।
सुदूरपश्चिम प्रदेशको मौसम पनि मुख्यतया सफा रहने पूर्वानुमान रहेको निर्वाचन विशेष बुलेटिन जारी गर्दै विभागले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,150)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (997)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (330)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)