विराटनगर । यस वर्षको होली पर्व निर्वाचनको मौन अवधिसँगै परेकाले स्थानीय प्रशासनले विशेष सतर्कता अपनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै प्रशासनले सार्वजनिक स्थलमा होली नमनाउन र घरपरिसरभित्रै सीमित रहेर पर्व मनाउन आग्रह गरेको छ ।
निर्वाचन आचारसंहिता पालना गराउन मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ भने राजनीतिक सन्देश अंकित टिसर्ट र सामग्रीहरू जफत गरिएको छ ।
निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउन सामूहिक भोज, सांस्कृतिक कार्यक्रम र भीडभाडजन्य गतिविधिमा रोक लगाउँदै देशभरको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय माेरङले जनाएकाे छ ।