मोरङमा छुट्टाछुट्टै स्थानमा मतगणना गर्ने तयारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मोरङको छुट्टाछुट्टै स्थानमा गर्ने तयारी भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार यो पटक सम्बन्धित क्षेत्रमै मगणना गर्ने तयारी भएको हाे ।

मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकामा गर्ने तयारी छ । क्षेत्र नम्बर २ को मतगणना विश्वनाथ मन्दिर सिजुवा, क्षेत्र नम्बर ३ को मतणना भगवती माध्यमिक विद्यालय बेलबारी, क्षेत्र नम्बर ४ को मतगणना जनता नमुना माध्यमिक विद्यालय विराटनगर, क्षेत्र नम्बर ५ को मतगणना सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय र  क्षेत्र नम्बर ६ को मतगणना आदर्श माध्यमिक विद्यालय विराटनगरमा गर्ने तयारी भएको हाे ।

प्रदेश निर्वाचन अधिकारी दंगालका अनुसार मतगणना स्थलहरूमा तारजाली र सीसीटीभी क्यामेरासहितको सुरक्षा प्रबन्ध मिलाइएको छ ।

प्रकाशित मिति: आइतबार, १७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.