विराटनगर । ग्रामीण तथा सहरी क्षेत्रका विपन्न महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउँदै आएको जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो ७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा सामाजिक कार्यक्रम गरेको छ ।
घरदैलोमा पुगेर वित्तीय कारोवारसँगै सामाजिक सचेतना, वातावरण संरक्षण र शिक्षाको क्षेत्रमा काम गर्दै आएको जीवन विकासले शनिबार १५१ स्थानमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।
संस्थाले विभिन्न १० क्षेत्रमा १५१ वटा सामाजिक क्रियाकलाप सञ्चालन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । संस्थाले आयोजना गरेको कार्यक्रममा लघुवित्तका कर्मचारी, विद्यार्थी, शिक्षक तथा समाजिक क्षेत्रका अगुवाहरुको सहभागिता थियो ।
जीवन विकासले ३० स्थानमा बजार सरसफाई र डस्टबिन सहयोग गरेको छ । ७६ स्थानमा विभिन्न मन्दिरहरूको सरसफाई, वृक्षारोपण र डस्टबिन वितरण कार्यक्रम गरेको छ ।

शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएको संस्थाले ४ स्थानमा विद्यालय सरसफाई र वृक्षारोपणसँगै विद्यार्थीहरूको बौद्धिक विकासका लागि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । ७ स्थानका विद्यालयमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
विद्यालय सरसफाई तथा हाजिरीजवाफ प्रतियोगिता १५ स्थानमा आयोजना गरेको छ । थप तीन स्थानमा विद्यालय सरसफाईसँगै शैक्षिक सामग्री वितरण गरेको छ । १० विपन्न परिवारको आवास निर्माण गरिदिएको छ ।
जीवन विकासले वित्तीय सेवासँगै सामाजिक सेवालाई संस्थाको अभिन्न अङ्ग बनाएर काम गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मण्डलले जानकारी दिए । ‘हामी ऋण लगानी र बचतमा मात्र सीमित छैनौं । घरदैलोमा पुगेर वित्तीय सेवासँगै सामाजिक सचेतना, वातावरण संरक्षण र शिक्षाको क्षेत्रमा काम गरिरहेका छौं,’ उनले भने,‘ सोही अभियानको निरन्तरता वार्षिकोत्सवमा दियौं ।’
जीवन विकासमा नेपालभरीका ३ लाख ५० हजारभन्दा बढी महिला सदस्यहरू जोडिएर नियमित आर्थिक कारोबार गरिरहेका छन् ।


सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)