रन्जितलाई प्रचण्डको फोन : झापा–५ बाट जितेर आउनुहाेला

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा कुनै दलहरूसँग सहकार्य नहुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई नपत्याई सक्रिय भएर लाग्न भनेका हुन् ।

प्रचण्डसँग फोनवार्ता भएको तामाङले बताए । ‘मैले अध्यक्षसँग भर्खरै कुराकानी गरेँ । बाहिर जे बजारमा हल्ला आएको छ । कहीँ पनि अलाएन्स हुँदैन पनि,’प्रचण्डले आफूलाई फोनमा भनेको कुरा उद्धृत गर्दै तामाङले भने, ‘कुनै पनि छलफल कुराकानी भएको छैन र हुँदैन पनि । हामी दृढतापूर्वक लागौं भन्नुभएको छ ।’

जितर आउनु भन्दै प्रचण्डले शुभकामना पनि दिएकाे उनले बताए ।

प्रचण्डले सक्रिय भएर खटिन पनि पार्टी पंक्तिलाई आग्रह गरेको उनले जानकारी गराए । फोनवार्ताका क्रममा तामाङले पूर्वमा सभा राख्न लागिएको र त्यसमा प्रचण्डलाई पनि सहभागीका लागि आग्रह गरेको बताए ।

प्रकाशित मिति: बिहिबार, १४ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.